खरसाङ, २३ दिसम्बर : शनिबारर २१ दिसम्बर फाराबारी नेपाली निम्न माध्यमिक बिद्यालयको वार्षिक क्रायक्रम २०१९ को सुअवसरमा पाठशालाको वार्षिक पत्रिकालगायत स्रष्टा रिना सुब्बाकृत उपन्यास ‘भोलिको दिन’ लोकार्पित गरिएको छ | पाठशालाका प्रधान अध्यापक बिजय राईको सभापतित्व अनि वरिष्ठ समाज सेविका, आर्ट अफ लिभिङ (Art Of Living) -का वरिष्ठ सदस्या साथै भूतपूर्व शिक्षिका श्रीमती ममता लामाको प्रमुख आतिथ्यमा सम्पन्न
कार्यक्रममा अथितिहरू – वरिष्ठ साहित्यकार अनि डुवर्स टीभीका निर्देशक अजय खडका, खोलाचन्द फाराबारी साहित्य सास्कृतिक समिति एवम बैन्कुण्ठपुर साहित्यिक पत्रिकाका प्रमुख भानुप्रकाश ‘मार्मिक’ प्रधान, चरित्र प्रकाशन कालेबुङका सचिव एवं कालेबुङ फरेष्ट डिभिजनका रेन्ज अफिसर सहदेव एस गिरी, कवि केटी उत्तम, उपमा प्रकाशनका मुकेश उपमा, सिलगडी लायन्स क्लबका सचिव गौरभ अग्रवाल, क्षेत्रीय प्राथमिक पाठशालाका प्रधान शिक्षक कैलाश सुब्बा, छोटा फाप्रीका प्रधान शिक्षक जयराज छेत्री, स्थानीय समाज सेवक अजय टन्डन आदिको उपस्थितिमा सम्पन्न कार्यक्रममा
उक्त लोकार्पण गरिएको हो | शैक्षिक क्षेत्रको उन्नति, विकास, भाषा-संस्कृति एवम नेपाली साहित्यको जगेर्ना, पर्यावरण सचेतना अनि नारी सशक्तिकरण जस्ता विषयहरुलाई लिएर
गरिएको बताइएको छ |
विद्यालयको वार्षिक पत्रिका ‘उड्न खोज्ने चाहनाहरू’को सम्पादन रमेश दाहालले गरेका हुन् भने रिना सुब्बाकृत उपन्यास ’भोलिको दिन’ को अक्षर अनि आवरण सज्जा ज्ञानकुञ्ज बुक्स खरसाङको रहेको छ | ‘भोलिको दिन’ उपन्यासको सफल विमोचनमा विशेष सहयोगका निम्ति खोलाचन्द फाराबारी साहित्य सांस्कृतिक समिति एवं बैकुन्ठपुर साहित्यिक पत्रिकाका प्रमुख भानुप्रकाश ‘मार्मिक’, लालबहादुर शास्त्री हिन्दी माध्यामिक पाठशाला लुकसान डुवर्सका भूतपूर्व शिक्षक एवम वरिष्ठ साहित्यकार जनार्दन थापा, फाराबारी नेपाली निम्न माध्यमिक विद्यालयका प्रभारी दिपनारायण राई, विद्यालयका वार्षिक पत्रिका ‘उड्न खोज्ने चाहना’-का सम्पादक रमेश दाहाल छेत्रीप्रति कृतज्ञ रहेको जानकारी दिंदै लेखिका रीना सुब्बा सुब्बाले आभार ज्ञापन गरेकी छन् |
अन्य फोटो :
x