सिटोङ, (3 जनवरी ) : सिटोङकी कथाकार सन्ध्या आचार्यको दोस्रो कथा संग्रह 'पराकम्पन' सिटोङमा विमोचन गरिएको छ। कथाकार सन्ध्या आचार्यको दोस्रो कथा संग्रह पराकम्पनको विमोचन सभाध्यक्ष डा एडोन रोंगोंग, प्रमुख अतिथि जीटीएको चेयरम्यान अनित थापा लगायत विशिष्ट अतिथिहरू, कथाकार सन्ध्या आचार्य, तिनको पति तितस लेप्चा आदिको बाहुलीबाट विमोचन गरिएको छ। पुस्तक लोकार्पण गरिएको घोषणा सभाध्यक्ष डा एडोन रोंगोंगले गरेका थिए । सिटोङ साहित्य मञ्चको सचिव जितेन्द्र खवास अमूर्त र पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण सिटोङ साहित्य मञ्चको सभापति एंव गीतकार एलबी थापाले राखेका थिए । कार्यक्रममा स्वागत गीत गायक बिज्ञान बराईलीले प्रस्तुत गरे भने प्रसिद्ध गायक सुरेश कुमारले आफ्नो दुईवटा लोकप्रिय गीतहरू पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आज लोकार्पण गरिएको पुस्तक 'पराकम्पन'माथि विमर्श कार्यक्रम पनि गरियो । उक्त विमर्श कार्यक्रममा युवा स्रष्टा पुष्कर सिंगर सहजकर्ता थिए भने विमर्शकर्ताहरुमा कथाकार उदय थुलुङ, प्राध्यापक मेहेरमान सुब्बा र प्राध्यापक सदीप प्रधान थिए । उक्त विमर्श कार्यक्रममा विमर्शकर्ताहरूले लोकार्पण गरिएको पुस्तक पराकम्पन विषयमा विमर्श गरेका थिए । पुस्तकमाथि एवं विमर्श कार्यक्रममाथि समीक्षात्मक टिप्पणी समालोचक जय क्याक्टसले राखे | सन्ध्याले अहिलेको समाजमा भइरहेका कुरालाई लेख्न सफल भएको बताउँदै विषय चयनको हिसाबमा पराकम्पनको कथाहरू गहकिलो रहेको तिनले बताए । उनले कथाकारले विचार, भाव, सौन्दर्य सबै समेट्ने दक्षता कुनै पारंगत कथाकारले मात्र सक्छ जुन गुण सन्ध्यामा छ भनी बताए। कार्यक्रममा कालुसिंह रनपहेंली, कोमल केरूङ सुब्बाले कथा अनि योगिता राईले कविता पठन गरेका थिए । सभाध्यक्षको रूपमा बोल्दै डा एडोन रोंगोंगले कथाकार सन्ध्या आचार्यको कलम चञ्चल छ, सन्ध्याको मनको खास कुरा अहिले नै निर्क्यौल गर्न सकिन्दैन भन्दै शीर्षक पराकम्पन भन्नाले एक्लो पराकम्पन हुँदैन, यो मूल पनि होइन, पराकम्पन थियो, अहिले पनि छ र भइरहने कुरा हो र यो एउटै हुन्छ भन्ने पनि होइन भनी बताए । उनले हामी आशा गरौं सन्ध्याको कलमबाट अझैं धेरै पराकम्पन होस् र यसको लागि बाटो पनि खुल्ला छ, यसमा धेरै विषयहरू छन् र धेरै कुराहरू छन् उजागर हुनुपर्छ भनी बताए । सन्ध्याको कथाहरू सार्थक छन् भन्दै उनको कलमले भविष्यका कुराहरू पनि निर्देश गर्दछ भने उनको कथामा जाति र युगको वर्तमान र भविष्यको अन्दाज साथै विश्वलाई नयाँ कुरा दिएर मास्टर पिस कथाहरू हुन सक्ने पनि बताएका छन् । कार्यक्रममा अन्तिम प्रार्थना पा महेन्द्र मुखियाले गरे भने अन्तिम आशिष बिशप पिटर ब्लेन लेप्चाले गरेका थिए । कथाकार सन्ध्या आचार्यको दोस्रो कथा संग्रह पराकम्पनको प्रकाशन ज्ञानकुञ्ज बुक्स खरसाङले गरेको छ। उक्त पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीए चेयरम्यान अनित थापा, विशिष्ट अतिथिहरूमा वरिष्ठ स्रष्टाहरू नरबहादुर दाहाल, मोहन ठकुरी, कालुसिंह रणपहेंली, बिशप रेभ डा पिटर ब्लेन लेप्चा, पूर्व सभासद रतन थापा, समालोचक जय क्याक्टस, वरिष्ठ कथाकार उदय थुलुङ, हिमालय दर्पणको प्रमुख सम्पादक शिबु छेत्री ,रेभ सिमियोन गुरुङ लगायत दार्जीलिङ, सोनादा, खरसाङ, तीनधारे, सिलगढी, कालेबुङ, सिक्किम, बिजनबारी, डुवर्स, गोरूबथान, मंग्पु, टिस्टाभेल्ली, तीनधारे, सिटोङ आदि स्थानहरूबाट स्रष्टाहरू उपस्थित रहेका थिए ।
कार्यक्रमबारे सागर राईको भ्लग हेर्न नछुटाउनुहोला |
कार्यक्रमको कभरेज 'हिल्स टाइम्स' वेब च्यानलमा : (भिडियोको निम्ति यहाँ क्लिक गर्नुहोला)
'पराकम्पन'माथि विमर्शको भिडियो यहाँ हेर्नुहोला :
कार्यक्रमको कभरेज 'कंचनजंघा टाइम्स' वेब च्यानलमा : (भिडियोको निम्ति यहाँ क्लिक गर्नुहोला)
अन्य फोटो:
No comments:
Post a Comment